राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन

राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुगेकी छन् । उनी आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आएकी हुन् ।

आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गरेकी थिइन् । यसपछि उनका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ । यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास रहेको छ । हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

Skip This
Skip This
Logo