गोदावरी । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई जना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षिय सन्दीप चौधरी र १२ वर्षिय अरुण चौधरीको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको हो ।
मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको शव बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपशम्शेर जबराले जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि अस्पताल ल्याइएको जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयवासीले बेपत्ता भएदेखि उनीहरुको खोजी कार्य जारी राखेका थिए ।–रासस































प्रतिक्रिया