चितवनमा आजदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवनमा आजदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै बुधबार दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको उल्लेख गरिएको छ ।

Logo