घर पालुवा कुकुरलाई सार्वजनिक ठाउँमा दिसा-पिसाब नगराउन ललितपुर महानगरको अनुरोध

घर पालुवा कुकुरलाई सार्वजनिक ठाउँमा दिसा-पिसाब नगराउन ललितपुर महानगरको अनुरोध

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाले घरमा पालिएका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब नगराउन घरधनीलाई अनुरोध गरेको छ ।

व्यक्तिले घरमा पालेका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराउने गरेको गुनासोपछि महानगरले सार्वजनिक सूचना निकालेर वातावरण प्रदूषित हुने भएकाले त्यसो नगर्न आग्रह गरेको हो । कुकुरको दिसा–पिसाबमा भएका जीवाणु वातावरणमा फैलिँदा मानव स्वास्थ्यमा पर्ने असरतर्फ पनि सचेत हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ ।

कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराएको भेटिए या सूचना प्राप्त भएमा कानुनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । महानगरको हरियालीसहित सफा र सुन्दर सहर बनाउने अभियानविरुद्ध काम नगर्न र सहर सफा राख्ने अभियानमा सहयोग गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।

देशकै पुरानो र जेठो सांस्कृतिक सहरका रूपमा रहेको ललितपुर महानगरपालिका स्मार्ट सिटीको रूपमा विकास गर्न विभिन्न कार्यक्रम भइरहेका छन् । महानगरपालिकाले यसअघि सूचना निकालेर स्मार्ट सिटी बनाउन तथा हरियाली प्रवर्द्धन गर्न विभिन्न ठाउँमा रोपिएका बिरुवा उखलेको, काटेको जानकारीमा आएकाले त्यसो नगर्न आग्रह गरेको थियो ।

Skip This
Skip This
Logo