राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन, आज अन्त्यष्टी गरिँदै

राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन, आज अन्त्यष्टी गरिँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए । हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् ।

पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक  समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

Logo