काठमाण्डौँको मीनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुङ्गा हानाहान भएको छ ।
संस्थापन र इतर पक्षकाबीच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने, ‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।





























प्रतिक्रिया