बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैदकाे सजाय सुनाएको छ ।
सोमबार न्यायाधीश दीपक ढकालको इजलासले मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालकसमेत रहेका पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको हो । पाण्डे यसअघि नै दोषी ठहर भएपनि सजाय भने अदालतले सोमबार तोकेको हो ।
पाण्डेमाथि आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको आडमा बलत्कार गरेको आरोप पीडित किशोरीले सामाजिक सञ्जालमार्फत लगाएकी थिइन्। तत्कालीन समयमा उनी नाबालिग थिइन्। त्यसपछि पक्राउ परेका पाण्डेमाथि बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण कानुनी अड्चन देखा परेको थियो तर, पाण्डेले मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया ती किशोरीलाई एउटा ठाउँ भनी बोलाएर अर्को ठाउँ लगी बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको पाइएपछि सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार मुद्दा चलाएकाे थियो।































प्रतिक्रिया