बुटवल आसपासका क्षेत्रमा एक हप्तासम्म लोडसेडिङ हुने

बुटवल आसपासका क्षेत्रमा एक हप्तासम्म लोडसेडिङ हुने

केन्द्रबिन्दु
0
Shares

बुटवल आसपास क्षेत्रमा आजदेखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सुचना जारी गरी बिहिबारदेखी एक सातासम्म बत्ती जाने जानकारी दिएको हो । महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ ।

Logo