सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस

केन्द्रबिन्दु
0
Shares

सरकारले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले सो सिफारिस गरेको हो । एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ । रिक्त पदमा श्रेष्ठसहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिए ।

 

Logo