कर्णाली प्रदेश सरकार पछि बाग्मती प्रदेश सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ ।
गत माघ २४ गते बसेको बाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले फागुन १ मा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो । बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाद्वारा जारी सुचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’
यसअघि गत माघ २३ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले पनि ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।





























प्रतिक्रिया