निहारिका राजपुतले शिवराजसँग कसिन् लगनगाँठो

निहारिका राजपुतले शिवराजसँग कसिन् लगनगाँठो

केन्द्रबिन्दु
0
Shares

कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपूतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । जनकपुरको जानकी मन्दिरमा उनीहरुले विवाह गरेका हुन् ।

बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध मुद्दासमेत हालेकी थिइन् । तर, केहीदिन अघि मात्रै निहारिकाले शिवराजलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी थिइन्।  धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासबाट मिलापत्र गरेकी थिइन् । 

पहिलेसँगै बसेका उनीहरूबाट एक छोरा पनि छन् । शिवराजले खान लाउन नदिएको, मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको आरोपमा निहारिकाले मुद्धा चलाएकी थिइन् । 

Logo