आज ३२औँ अख्तियार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ३२औँ अख्तियार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

केन्द्रबिन्दु
0
Shares

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवस, ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दिवसका अवसरमा अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गर्दै छ। आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय छन्। अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो।

नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो। हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ। भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा योगदान दिन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ एवं अन्य प्रचलित कानुनी व्यवस्थामा आधारित कार्यसम्पादन गरिरहेको छ।

Skip This
Skip This
Logo