बाँकेकी निर्मला कुर्मीको हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गरेर दोषीमाथि मुद्दा चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि माइतीघरमा ४८ दिनदेखि जारी आन्दोलन आजबाट स्थगित भएको छ।
प्रधानमन्त्री दाहालले मंगलबार कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षसँग वार्ता गरेर तीन बुदेँ सहमति गरेपछि माइतीघर मण्डलामा ४८ दिन देखी जारी आन्दोलन स्थगित भएको हो । सहमति अनुसार कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गरिने छ ।
आन्दोलनरत पक्षका व्यक्तिको जीउज्यान सुरक्षाका लागि उचित समन्वय र प्रबन्ध गर्ने र अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोगको माग यथावत् राख्दै हाललाई तेस्रो चरणको आन्दोलन स्थगित गर्ने गरी तीन बुदेँ सहमति भएको हो । सो बार्तामा सरकारको तर्फबाट गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप शाह सहभागी थिए भने आन्दोलनकारीका तर्फवाट रुबी खानलगायतको उपस्थिति थियो ।
तीन बुदेँ सहमतिमा रूबी खानलगायतले र सरकार तर्फबाट गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले हस्ताक्षर गरेका छन्। निर्मला कुर्मिको न्यायिक आन्दोलनको माग सम्बोधन भएको भन्दै खानले बुधबार बिहान ११ बजे माईतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजनासमेत गरेकी छन् ।





























प्रतिक्रिया