महाशिवरात्रिका अवसरमा गोवर्धन मठका ​शङ्कराचार्य नेपाल आउँदै

महाशिवरात्रिका अवसरमा गोवर्धन मठका ​शङ्कराचार्य नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

महाशिवरात्रिका अवसरमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवद्र्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्यको बिहीबार नेपाल आउने भएका छन् ।

उनको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

उनले दैनिक सत्सङ्ग, प्रश्नोत्तरी कार्यक्रमका साथै आशीर्वचन गर्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । कोषका निमित्त प्रमुख रेवतीरमण अधिकारीअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हङ्समण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिनेछ । यस वर्ष पशुपतिनाथको १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ । 

Skip This
Skip This
Logo