काठमाडौँदेखि लमजुङ घलेगाउँसम्मको यात्रा ‘राइड टु घलेगाउँ’ आयोजना हुने भएको छ ।
सुकेधारास्थित रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर जिरो इन्जिनियरिङ मोटरसाइकल प्रालिले सो राइडको आगामी शुक्रबार प्रारम्भ गर्न लागेको हो । सोही दिन विहान ८ बजे शुरु हुने राइड धादिङको खानीखोलामा खाजा नास्ता गर्दै मुग्लिन पुगेर खाना खाई बेलुकी घलेगाउँ गएर बास बस्नेछ ।
दोस्रो दिन शनिबार राइडरहरु घलेगाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ भुजुङ, घानापोखरा बास बस्ने छन् । सो बीचमा लमजुङमै रहेको शैलपुत्री मावि धमिलिकुवालाई शैक्षिकसामग्री समेत हस्तान्तरण गरिने छ । आइतबार विहान काठमाडौं फर्किने सो राइड कार्यक्रमको तयारी छ ।
राइडका क्याप्टेन प्रकाश देब गिरीका अनुसार राइडमा लगभग ४० बटा बुलेट बाइक राइडर सहित करिव ६० जनाको उपस्थिति रहनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन र भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ राइड कार्यक्रम गर्न लागिएको उनको भनाई थियो ।





























प्रतिक्रिया