नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ ।
नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आइएको छ । सो क्रममा सैनिक मञ्चमा विशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ । सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सवारीदेखि हेलिकोप्टरबाट पुष्पबृष्टी पनि गरिनेछ । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे विशेष प्रदर्शन गरिनेछ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिस, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरुको उपस्थिति रहनेछन् । नेपाली सेनाको २६० औं दिवसलाई अझ भब्य रुपमा मनाउन भारतीय सेनाका पुर्व प्रमुखहरुलाई पहिलो पटक नेपाल आमन्त्रण गरिएको छ ।





























प्रतिक्रिया