कोरोना अपडेटः बिहीबार मात्रै २ सय २७ जना डिस्चार्ज

कोरोना अपडेटः बिहीबार मात्रै २ सय २७ जना डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिहीबार मात्रै २ सय २७ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार बिहीबार २ सय २७ जना डिस्चार्ज भएका हुन् । योसँगै देशभर कूल डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । साथै, बिहीबार ६ हजार ३ सय ४ पीसीआर परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ कोरोना परीक्षण गरिएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १३ हजार २ सय १ जना रहेका छन् ।

त्यस्तै बिहीबार तीन जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षिय पुरुष रहेका छन । भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । अस्पतालको आइसियु भेन्टिलेटरम उपचारकै क्रममा उनको निधन भएको हो । यस्तै पर्साको विरगञ्ज—७ का ७० वर्षिय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका बिरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धि समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न निजी अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । आइसियुमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

त्यस्तैगरी बिहीबार देशभर २ सय ७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । प्रवक्ता डा. गौतमकाअनुसार अहिले विभिन्न अस्पतालमा ५ हजार २ सय २७ संक्रमितले उपचार गराइरहेका छन् ।

Skip This
Skip This
Logo