काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ । बुधबार स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर डिस्चार्ज हुनेको संख्या १४ हजार नाघेको हो । प्रवक्ता गौतमका अनुसार बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् । जसमध्ये प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, वाग्मती प्रदेशमा ५ सय १८, गण्डकी प्रदेशमा १ हजार २ सय २७, प्रदेश नम्बर ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै आजसम्म ३ लाख ५८ हजार ३ सय ४४ पीसीआर परीक्षण गरिएको छ । साथै देशभर आइसोलेसनमा ५ हजार २ सय ३ जना रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, वाग्मती प्रदेशमा ४ सय ८३, गण्डकी प्रदेशमा २ सय ८८, प्रदेश नम्बर ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना रहेका छन् । देशभरीका क्वारेन्टाइनमा १४ हजार ४ सय ७१ जना रहेका छन् ।
त्यस्तैगरी बुधबार देशभर २ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षण गर्दा २ सय १० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।





























प्रतिक्रिया