पृथ्वी शाहसहित ६ जना कारागार चलान

पृथ्वी शाहसहित ६ जना कारागार चलान

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहसहित ६ जना कारागार चलान भएका छन् । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो । जसअनुसार शाह दाजुभाईसहित सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । साथै एक जनालाई भने ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।

अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको थियो ।

सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन भने अन्य १३ जना फरार रहेका छन् । उनीहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत् उजुरी दिएका छन् । केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएकाे बताइएकाे छ ।

Skip This
Skip This
Logo