पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
शुक्रबार बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापास्थित दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग १ ख ७१०८ नम्बरको बसले कार्कीले चलाइरहेको ग ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले बताए ।
बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।































प्रतिक्रिया