प्रदेश नामकरणको विरोधमा विराटनगरमा तनाव

प्रदेश नामकरणको विरोधमा विराटनगरमा तनाव

केन्द्रबिन्दु
0
Shares

विराटनगरमा आइतबार दिउँसो तनाव उत्पन्न भएको छ। 

प्रदेशसभाबाट कोशी प्रदेश नामकरणको विरोधमा आदिवासी जनजाति समुदायले आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । प्रदर्शन अनियन्त्रित बन्दै गएपछि प्रहरीले केही राउन्ड हवाई फायर र दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ। 

साथै केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

फागुन १७ मा प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम कोशी राखेको थियो। त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

Skip This
Skip This
Logo