सभामुख घिमिरेले विवादास्पद अभिव्यक्ति फिर्ता लिनु भयोः पत्रकार महासंघ

सभामुख घिमिरेले विवादास्पद अभिव्यक्ति फिर्ता लिनु भयोः पत्रकार महासंघ

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएको जनाएको छ ।

सोमबार अपरान्ह नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।  गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु विक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए । 

पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । 

त्यस अवसरमा सभामुख घिमिरेले नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सिंगो संघीय संसद र आफू प्रतिवद्ध रहेको पनि बताएका थिए । 

Logo