तुलसीपुर बजारका पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

तुलसीपुर बजारका पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह


दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची नराखेको पाईएको छ। अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यहाँ  मूल्यसूची राखेको  नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले बताए।  

मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको बताउँदै उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ।

त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको र म्याद गुज्रेका सामग्रीले स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्ने जनाए। 

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिए। पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ।

Logo