नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ ।
बुधबार बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको सेवाग्राहीहरूले बताएका छन्।
नेपाल टेलिकमका प्राविधिकहरूले समस्या समाधानको प्रयास जारी राखेका छन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीईको कोरमा केही समस्या देखिँदा फोन नलाग्ने समस्या देखिएको बताए ।
मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको टेलिकमले जनाएको छ ।
टेलिकमको सेवामा पटक-पटक समस्या आउने गरेको छ। यसबाट लाखौँ सेवाग्राही मर्कामा पर्दै आएका छन् ।































प्रतिक्रिया