नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  

आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी महानिरीक्षक कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।  

Logo