आफूमाथिका प्रश्न स्वीकार्न नसक्ने पत्रकारलाई सोध्ने अधिकार पनि छैन -अध्यक्ष पोखरेल

आफूमाथिका प्रश्न स्वीकार्न नसक्ने पत्रकारलाई सोध्ने अधिकार पनि छैन -अध्यक्ष पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरु सजग हुन जरुरी रहेको बताएका छन् ।

आईतवार आयोजित आजको पत्रकारिता, अबको पत्रकारिता विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले पत्रकारितामाथि विश्वसनियताको खोजि गरिरहेको बताए । पत्रकारहरुले आफूमाथि उठेका प्रश्नहरु स्वीकार्न सक्नुपर्ने उनले बताए ।

उनले पत्रकारहरुले आफूले प्रश्न स्वीकार्न नसके अरुलाई प्रश्न सोध्ने अधिकार पनि नभएको बताए । उनले भने, ‘आजको पत्रकारिताको सन्दर्भमा केही प्रश्नहरु उठेका छन्, पत्रकारहरुले प्रश्न स्वीकार्न सक्नुपर्छ । एउटा पत्रकारले प्रश्न स्वीकार्न सक्दैन भने उसको नैतिक अधिकार हुँदैन की उसले पनि कसैलाई प्रश्न गरोस् । त्यसकारण आफूप्रतिको प्रश्न स्वीकार्ने र करेक्शन हुने कुरामा हामी सबैभन्दा बढी लाग्यौँ भने त्यतिबेला मात्रै हामीलाई त्यो अधिकार हुन्छ की हामीले अरुको बारेमा प्रश्न उठाउँछौँ ।’
 
अध्यक्ष पोखरेलले आफ्ना समाचारहरु विश्वसनिय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमहरुले जोड दिनुपर्ने बताए । 

Skip This
Skip This
Logo