सप्तरीमा ट्याक्टर पल्टेर एक जनाको मृत्यु

सप्तरीमा ट्याक्टर पल्टेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीको बोदेबर्साईन नगरपालिका  वडा नं. ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन-१  धनगढी बस्ने अन्दाजी २२ वर्षीय पँकज यादव रहेका छन् ।

अइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको  प्र २-०१-००१ त २५१७  नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।

Skip This
Skip This
Logo