आजदेखि बुटवल-पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।
सो सडकखण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो ।
निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिन लागिएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सो सडक खण्ड निमार्णस्थल वरपर आउजाऊमा समेत रोक लगाएको छ।
अर्को सूचना जारी नभएसम्म बन्द साे सडक खण्ड बन्द रहने जारी सुचनामा भनिएकाे छ। साथै, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने सो बैठककाे निर्णय छ। सोही निर्णय अनुसार आज देखी सो सडक दैनिक ९ घन्टा बन्द गरिन लागेको सार्वजनिक सुचना जारी गरिएको छ ।





























प्रतिक्रिया