नयाँ वर्षको अवसरमा काठमाडौँको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने

नयाँ वर्षको अवसरमा काठमाडौँको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते काठमाडौँको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्धेश्यले खुल्ला रुपमा नेपाल टूरिजम फेस्टिभल हुन लागेको हो ।

आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो । यस वर्षदेखि सुरु हुने फेस्टिभल हरेक वर्ष हुनेछ। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको छ । 

Skip This
Skip This
Logo