पुर्ण रुपमा सञ्चालनको लागि तातोपानी नाका आजबाट बैशाख २ सम्म बन्द रहने

पुर्ण रुपमा सञ्चालनको लागि तातोपानी नाका आजबाट बैशाख २ सम्म बन्द रहने

केन्द्रबिन्दु
0
Shares

पुर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । 

नेपालस्थित चिनियाँदूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।  

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिदैँ भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’ 

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहनेपनि दूतावासले जनाएको हो ।

Skip This
Skip This
Logo