कोशी प्रदेशमा भूकम्पको झड्का

कोशी प्रदेशमा भूकम्पको झड्का

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशमा भूकम्पको झड्का महसुस गरिएको छ । भारतको बिहारमा भूकम्प जाँदा त्यसको झट्का कोशी प्रदेशका स्थानीयले महसुस गरेका हुन् । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार आज बिहान ५:५० बजे भारतको बिहार राज्य केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । 

कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भूकम्पको झड्का महसुस गरिएको स्थानीयहरूले जानकारी दिएका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार भूकम्पको असरले क्षति पुर्‍याएको कुनै विवरण प्राप्त भएको छैन । 
 

Skip This
Skip This
Logo