सगरमाथा आरोहणमा हिमपहिरोमा परेर ३ जना शेर्पाको मृत्यु

सगरमाथा आरोहणमा हिमपहिरोमा परेर ३ जना शेर्पाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परेर ३ जना शेर्पाको मृत्यु भएको छ । 

पर्यटन विभागका अनुसार खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल बाटो बनाउने काममा खटिएका तीन शेर्पाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।

शवको उद्धार गर्न हाल घटनास्थलमा टोली पुगेपनि प्रयास असफल भएको बताइएको छ । यद्यपी थप विवरण आउन बाँकी छ ।  

Logo