मिटरब्याजी पीडितसँगको वार्ता सहमति नजिक

मिटरब्याजी पीडितसँगको वार्ता सहमति नजिक

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडित परिवारलाई समस्या समाधान हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर सङ्घर्ष समिति नेपाल र गृहमन्त्री श्रेष्ठबीच बुधबार गृह मन्त्रालयमा भएको वार्तामा उनले पीडितलाई ढुक्क हुन आग्रह गरेका हुन् ।  वार्ता पुनःआज  बस्ने गरी टुङ्गिएको छ।

वार्ताबारे गृहमन्त्री श्रेष्ठले भने, “यो निकृष्ट सामन्ती अवशेष हो। यसको हामी हरहालतमा अन्त्य गर्छौँ। राज्यमार्फत, कानुनमार्फत नै यसको अन्त्य गर्ने हो।”  

मिटरब्याज पीडितलाई घर फर्कन आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले भने, “एउटा सहमति गरौँ, जिल्ला गएर छिटोभन्दा छिटो समस्या पहिचान गर्नुस्। आयोगको काममा गति बढाउन मद्दत गर्नुस्। जहाँ समस्या छ, त्यहाँ गएर समाधान गरिन्छ, ढुक्क हुनुहोस्।” 

Logo