सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्ष (२०८० साल) सुरु भएको दिन, आज  सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ। सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन्। 

सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।

बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन्। वर्षको अन्तिम दिन घरका सबै सदस्य एकठाउँमा जम्मा भएर ‘वर्ष समीक्षा’ गर्ने तथा मिठो मसिनो खाने गर्छन्। 

वर्षको पहिलो दिन बिहानै स्नान गरी सिस्नो लगाउने गरिन्छ। सिस्नो लगाउँदा शरीरमा भएको विष (विकार बस्तु) नाश हुने र रोगव्याधीबाट मुक्त भइने जनविश्वास छ।  देवर-भाउजु, नन्द-भाउजु, साली-भिनाजु, फुपु-सालीहरुका बीचमा सिस्नो र पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ।   

Logo