नयाँ वर्ष मनाउन गएका युवककाे खोलामा डुबेर मृत्यु

नयाँ वर्ष मनाउन गएका युवककाे खोलामा डुबेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको छ । 

नयाँ वर्ष मनाउन पाल्पा आएका उनको भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट नयाँ वर्ष घुमघाम गर्न आएका उनको शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो । 

ढुंगामा चिप्लिएर लडेपछि उद्धार गरेर उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo