आज मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

आज मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
 

Skip This
Skip This
Logo