दमकल नआएको भन्दै स्थानीयद्वारा प्रहरीको गाडीमा ढुंगामुढा प्रहार

दमकल नआएको भन्दै स्थानीयद्वारा प्रहरीको गाडीमा ढुंगामुढा प्रहार

केन्द्रबिन्दु
0
Shares

सर्लाही सदरमुकाम मलंगवास्थित एक स्थानीयको घरमा आइतबार राति लागेको आगलागी नियन्त्रणमा दमकल नआएको भन्दै आक्रोशित भीडले आगो निभाउन आएको प्रहरीको गाडीसहित केही कार्यालयहरुमा ढुंगामुढा गरेका छन् ।

मलंगवा नगरपालिका–४ शिवसागर चोकमा आइतबार ८ बजेर १५ मिनेटमा स्थानीय रामस्वरुप चमारको फुसको छाना भएको घरमा आगो लागेको थियो ।

आगोले जलेर घर खरानी भइरहँदा पनि निभाउन दमकल नआएको भन्दै आक्रोशित भीडले आगो निभाउन आएका प्रहरीको गाडीसहित नगरपालिका कार्यालय, मेयर नागेन्द्र यादवको घर, जिल्ला प्रशासन, जिल्ला अदालत लगायतका कार्यालयमा ढुंगामुढा गरेका छन् । आक्रोशित भीडको ढुंगामुढाबाट यी सबै ठाउँमा क्षति पुगेको छ ।

नगरपालिकामा पुगेको भीडले कम्पाउन्डमा रहेका दुइटा मोटरसाइकलमा आगजनीको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर पारेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताउँदै थप क्षति हुनबाट जोगाइएको बताए ।

Skip This
Skip This
Logo