विदेशमा अलपत्र परेका २७५ नेपालीलाई उद्दार गरेको दुर्गा प्रसाईँको दाबी

विदेशमा अलपत्र परेका २७५ नेपालीलाई उद्दार गरेको दुर्गा प्रसाईँको दाबी

केन्द्रबिन्दु
0
Shares

व्यवसायी दुर्गा प्रसाईँले अव्यवस्थित राज्यका कारण नेपाली युवा युवतीले दु:ख पाएको टिप्पणी गरेका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईँले बाध्यताले विदेशमा गएका ५ हजार भन्दाबढी युवा युवतीको विजोग भएको बताएका हुन् । सरकारकै कारण उनीहरुको दुःख पाएको तर आफूहरुले उनीहरुको उद्दार गरिरहेको उनको दाबी छ । 

उनले भने, ‘व्यवस्थित राज्य नभएर विदेशमा ५ हजार भन्दाबढी युवाहरु जेलमा छन् । अहिले सम्म २७५ जना अलपत्र परेका र ४२ जना जेल परेकालाई नेपाल ल्याइसकेका छौं । नेपालमा सामन्तिहरुको कारणले हाम्रो युवाहरुलाई गुमाउनु परेको छ ।’

युवाहरुलाई यहि देशमा काम गर्ने वातावरण निर्माण गर्न राज्य चुकेको भन्दै व्यवसायी प्रसाईँले वर्तमान नेताहरुकै कारण देश पछाडि परेको बताए । देश विकासको लागि युवाहरुलाई परिचालन गर्ने उनको भनाई छ । 

Logo