केही दिनदेखि काठमाडौंको मौसम धुम्मिएको छ ।
उपत्यका आसपासका वनमा डढेलो लाग्दा तथा भारतको बिहार र उत्तर प्रदेशमा गहुँको छ्वाली बालेको धुँवा काठमाडौं छिर्दा त्यसको प्रभाव काठमाडौंको आकाशमा देखिएको हो । यसले आकाश मात्र धुम्मिएको छैन, यहाँको वायुप्रदूषणसमेत बढाएको छ ।
वातावरण विभागका अनुसार साँझ ६ बजे काठमाडौंको हावाको गुणस्तर एक्यूआई १६० भन्दा माथि छ । जुन अस्वस्थकर मानिन्छ ।
स्वीट्जरल्याण्डस्थित हावाको हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपाल अहिले पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा छ ।
प्रतिक्रिया