मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट

मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

सुनसरीको कोशी गाउँपालिका हरिपुर-७ वडास्थित मुसहर टोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन्।

सोमबार दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको नेकपा एमाले कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिए।

उनका अनुसार हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन्। उनीहरूलाई तत्कालका लागि त्रिपाल र चिउराको व्यवस्था गरेको अध्यक्ष साहले जानकारी दिए।

Skip This
Skip This
Logo