खैरो हेरोइनसहित ३ जना पक्राउ

खैरो हेरोइनसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना  पक्राउ परेका छन् । 

विश्वास धिमालको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धिमालसहित २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्कालाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार तीनै जनालाई सोमबार राति ११:३० बजेतिर पक्राउ गरिएको हो । 

पक्राउ परेकाहरुको साथबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको एसपी पोखरेलले बताए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

Skip This
Skip This
Logo