भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सम्पन्न

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट (बिस्का) जात्रा सम्पन्न भएको छ ।

गत चैत २७ गते टौमढीबाट भैरवको रथ तानेर बिस्केट जात्रा सुरु भएको थियो । मंगलबार बेलुका सबै पूजा सम्पन्न भएपछि गःहिटीबाट पुनः भैरवको रथ तानेर टौमढी ल्याई देवतालाई देवगृहमा पुर्याएर जात्रा सम्पन्न भएको हो ।

विक्रम संवत् अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नयाँ वर्षको चार दिनअघि तान्त्रिक विधिअनुसार सुरु गरी वैशाख ५ गते सम्पन्न गरिन्छ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने गर्दछन् ।

Logo