गुल्मीमा खोलामा नुहाउने क्रममा डुबेर एक जनाकाे मुत्यु भएकाे छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर-६ पुर्कोटदहका ३७ वर्षीय भिमबहादुर कुँवरको खोलामा डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार हिजो (मङ्गलबार) दिउँसो करिब २ः४० बजेको समयमा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–३, बाँझघाट छल्दी खोलामा नुहाउने क्रममा डुबेर कुँवरको मृत्यु भएकाे हो ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।































प्रतिक्रिया