कर्मचारीहरूका ट्रेड युनियनहरूले सिंहदरवार ठप्प पार्ने चेतावनी दिएका छन् ।
कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै निजामती कर्मचारी ट्रेड युनियनहरूले प्रशासनिक केन्द्र सिंहदरवार ठप्प पार्ने चेतावनी दिएका हुन् ।
ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस पठाउने र वैशाख २१ गते सिंहदरवार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने पनि उनीहरूको आन्दोलनका कार्यक्रममा उल्लेख छ।
प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको कर्मचारी युनियनहरूको भनाई छ । कर्मचारीका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने उनीहरूको माग छ ।































प्रतिक्रिया