बसको ठक्करबाट महोत्तरीमा एकै परिवारका तीनजनाको मृत्यु

बसको ठक्करबाट महोत्तरीमा एकै परिवारका तीनजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको गौशाला नगरपालिका १ स्थितमा बसले मोटरसाइकलमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

बुधबार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले, मधेश प्रदेश ०१–००४ प ६८ १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र उनकै भतिजी ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्सीबाट जनकपुरधाम आउँदै गरेको मोटरसाइकललाई बसले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिलीप गिरीले भने, ‘एकै परिवारका तीन जनाको ज्यान गएको छ । अहिले तीनै जनाको शव बर्दिबासस्थित शुभ स्वस्तीक अस्पतालमा, राखिएको छ । चालक फरार छ । खोजी गरिरहेका छौं ।’

अहिलेसम्मको अवस्था हेर्दा दुर्घटना अत्यधिक गतिकै कारण भएको गिरीले बताए । ‍ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ।

Skip This
Skip This
Logo