जाजरकोटमा निर्माणाधीन बेलिब्रिज भाँचिदा कम्तिमा चार जनाको मृत्यु

जाजरकोटमा निर्माणाधीन बेलिब्रिज भाँचिदा कम्तिमा चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भेरी करिडोरको जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा ४ जना मजदुरको ज्यान गएको हो । उनीहरूको परिचय खुल्न सकेको छैन । 

यस्तै, अन्य केही मजदुर घाइते पनि भएका छन् । उनीहरुलाई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाइएको छ । हाल प्रहरी टोली घटनास्थल पुगेको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

Skip This
Skip This
Logo