पूर्वराजा शाहको जुम्ला र नेपालगञ्जमा नागरिक अभिनन्दन हुने

पूर्वराजा शाहको जुम्ला र नेपालगञ्जमा नागरिक अभिनन्दन हुने

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । 

पूर्वराजा शाहको सचिवालयका अनुसार पूर्व राजा शाहले मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशका बिभिन्न जिल्लाको भ्रमण गर्ने भएका छन् । तीन प्रदेशका भ्रमणका लागि पूर्व राजा शाह पूर्व रानी कोमलसहित बैशाख १५ गते नेपालगञ्ज जाने भएका छन् । 

पूर्वराजा शाहको बैशाख १७ गते जुम्लामा र बैशाख २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन हुने भएको छ । 

यस्तै, बैशाख १८ गते नेपालगञ्जको बागेश्वरी मन्दिरमा हुने आरतीमा शाह दम्पत्ति सहभागी हुने भएका छन् । भ्रमणका बाँकी कार्यक्रम पछि तय हुने समेत बताइएको छ । 

Logo