तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० बैसाख १० गते आइतबार। २३ अप्रील २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सामाजिक कार्य सफल नै रहनेछ। प्रेम सम्बन्ध कसिलो होला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज नयाँ कार्यको योजना बन्नेछ । बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहनेछ । प्रेम जीवन सफल र लाभदायक यात्रा पनि हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज सामाजिक र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज शुभ र मङ्गल कार्यको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । कुनै कुराले मन प्रसन्न रहला र शेयर बजार लगायत आर्थिक क्षेत्र राम्रै रहला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । कृषि कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन पनि विचलित रहनसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

Logo