धौलागिरी हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन्। धौलागिरी आधार शिविरवाट सामान पुर्याएर फर्किने क्रममा भरीया अमृत राई बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका- १ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ ।
धौलागिरी आधार शिविरमा समान पुर्याएर फर्किने क्रममा भारी हिमपात भएको र सो हिमपातमा परी राईको बेपत्ता भएको हुन सक्ने अनुमान गरिएकाे छ। धौलागिरी हिमालमा हिउँपहिरो गएको र सोही हिउँ पहिरोमा परी उनी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको छ। शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको थियो ।































प्रतिक्रिया