गुल्मीतर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना

गुल्मीतर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना

केन्द्रबिन्दु
0
Shares

बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस आइतबार बिहान पाल्पामा दुर्घटनाग्रस्त भएको छ ।

लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारानजिकै दुर्घटना भएको जनाइएकाे छ।  बस दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यु भएकाे  छ । त्यस्तै  ३१ जना घाइते भएका छन् 

घटनास्थलमै ज्यान गुमाएकी महिलाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरुलाई उद्दार गरेर लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ । 

Logo